नागार्जुनमा गाडी दुर्घटना: एक जनाको मृत्य, २ घाईते

दोलखा संवाददाता १७ चैत २०८१, आइतवार

काठमाडौं।

काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा गोरखा भीमेश्वर गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डे रहेका छन् । शनिबार राति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३–०१–०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।

पाण्डेको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गाडी चालक भिमेश्वर (४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ