शैलुङ गाउँपालिकामा आत्महत्या रोकथाम र लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दोलखा संवाददाता २२ फागुन २०८१, बिहिवार

दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा आत्महत्या रोकथाम र लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम तथा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सहित शान्ति सुरक्षा, सेवा प्रवाह सहजीकरण, र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।

बिहीबार दोलखाको शैलुङ गाउँपालिका-८ स्थत प्रहरी चौकी भैसेको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख ज्ञान कुमार महतो, सशस्त्र प्रहरी बल नेपाल गुल्मका सहायक प्रहरी निरिक्षक विष्णु श्रेष्ठ, शैलुङ गाउँपालिकाका वडा नम्बर ६ र ८ का वडा अध्यक्ष तथा सदस्यहरू, स्थानीय शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी लगायत १५० जना सहभागी भएका थिए।

खासगरी समुदायमा आत्महत्या रोकथाम तथा लागुऔषध दुर्ब्यसन नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा शान्ति सुरक्षासम्बन्धी नागरिक गुनासो संकलन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

नेकपा एसमा म एक्लै आएको छैन : वामदेव गौतम

शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने

आर्थिक अभावमा उपचार नपाएर मृत्यु

दोलखाको सानिमा हाइड्रो पहिरो अपडेट: गम्भीर घाइते नुवाकोटका सब-इन्जिनियर न्यौपानेको मृत्यु

दोलखामा हाईड्रोको बाटो सर्वे गर्न गएका नुवाकोटका सब-ईन्जिनियर पहिरोमा परि गम्भिर घाईते

काठमाडौं महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्ने

दोलखामा राहदानीको विवरण दर्ता बन्द

तामाकोशीमा बाढीको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

रसुवा बाढी अपडेटः सात जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह