अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोलखा संवाददाता २१ असार २०८२, शनिवार

दोलखा। जनजाति कल्याण आश्रम, नेपाल दोलखा द्वारा आयोजित "युवा कार्य अन्तगर्त देश र समाज निर्माणमा युवाको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम चरिकोटमा शनिबार एक कार्यक्रमका बिच सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो। जनजाति कल्याण आश्रम नेपाल दोलखा जिल्लाका युवा कार्य प्रमुख राजन बस्नेतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालका केन्द्रिय महासचिव प्रेम थुलुङ , पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल ज्यु , पुर्व अध्यक्ष दिपशंकर चौलागाईं, संस्थाका केन्द्रिय संगठन सचीव मिलन भट्ट, केन्द्रिय सचीव कुमार थोकर, आमाको माया छात्रावास चरिकोट दोलखाका अध्यक्ष कृष्ण बहादुर गौतमले शुभकामना तथा मन्तव्य राखेका थिए ।

त्यस्तै हिन्दू स्वयंसेवक संघ नेपालका बागमती सम्भाग प्रचारक कपिल भट्ट ,आमाको माया छात्रावास चरिकोट दोलखाका उपाध्यक्ष एवं धार्मिक ,सामाजिक व्यक्तित्व शिव केसी,आवाज नेपाल दोलखाका अध्यक्ष सृजना कार्की , अधिवक्ता रानु श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

नेकपा एसमा म एक्लै आएको छैन : वामदेव गौतम

शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने

आर्थिक अभावमा उपचार नपाएर मृत्यु

दोलखाको सानिमा हाइड्रो पहिरो अपडेट: गम्भीर घाइते नुवाकोटका सब-इन्जिनियर न्यौपानेको मृत्यु

दोलखामा हाईड्रोको बाटो सर्वे गर्न गएका नुवाकोटका सब-ईन्जिनियर पहिरोमा परि गम्भिर घाईते

काठमाडौं महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्ने

दोलखामा राहदानीको विवरण दर्ता बन्द

तामाकोशीमा बाढीको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

रसुवा बाढी अपडेटः सात जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह