ट्युसन पढ्ने किशोरबिच ग्याङ फाइट हुँदा २ को मृत्यु, ६ जना पक्राउ

काठमाडौं। झापाको शिवसताक्षी नगरपालिकामा किशोरहरूबीच कुटपिट हुँदा २ जना किशोरको मृत्यु भएको छ ।
ट्युसन पढेर फर्कँने क्रममा आफ्नै साथीहरूको कुटाइबाट शिवसताक्षी नगरपालिका संगम चोकका १५ वर्षीय आदित्य तामाङ र रोमन थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङको उपचारका क्रममा बिर्तामोड स्थित बी एन्ड सी अस्पतालमा बुधवार दिउँसो मृत्यु भएको थियो भने थापाको बिर्तासीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुबैको एउटै समूहको कुटपिटमा परि मृत्यु भएको जिल्ला प्रहरी झापाले जानकारी दिएको छ । प्रहरीका अनुसार केही दिनअघि ट्युसन पढेर फर्कंदै गरेका आदित्य र रोमनमाथि ध्रुवतारा अङ्ग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले कुटपिट गरेका थिए । किशोरहरूलाई उनिहरूकै साथिहरूको समूहले सुरुमा सामान्य रूपमा कुटपिट गरेको र केही समय पछि उनीहरूलाई फेरि बोलाएर पुनः त्यही समूहले आक्रमण एबम कुटपिट गरेको प्रत्यक्षदर्शी विद्यार्थीहरूले बताएको प्रहरीले जनाएको छ । कुटपिटपछि आदित्यले घरमा केही नबताएको तर भोलिपल्ट उनी ट्युसन सेन्टर भने नगएको तर विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए ।कुटपिटका कारण स्वास्थ्य झन् बिग्रँदै गएपछि मात्र उनलाई गत शुक्रवार अस्पताल भर्ना गरिएको थियो ।
घाइते निजलाई ५ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएकोले अन्ततः उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।आदित्य र रोमन एउटै ट्युसन सेन्टरमा हुन्थे । घटना पश्चात् आक्रमणमा संलग्नमध्ये ६ जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू सबैले प्रारम्भिक बयानमा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।