दोलखाको गोंगर खोलामा बाढी

दोलखा। विगु गाउँपालिका - १ स्थित गोंगर खोलामा बिहीबार एक्कासि बाढी आएको छ। आज दिउँसो करिब साडे ४ बजे तिर एक्कासी बाढी आएको हो।
अहिले त्यस क्षेत्रमा सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ । गोगर खोलाको माथिल्लो क्षेत्रमा पहिरो गएकाले लेदोसहितको बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ। खोलाको दायाँ बाँया केही कटान गरेपनि मानवीय तथा अन्य भौतिक क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।
अहिले बाढी आएको क्षेत्रमा पानीको बहाव घटेपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।