आगामी तीन दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले असार १८ देखि २० गतेसम्म विशेषगरी बाढी, पहिरो र डुबानको जोखिम रहेको जनाएको छ ।
वर्षाका कारण नदी, खोलानाला र पहाडी भेगमा बग्ने पानीको बहाव बढेर दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले जोखिमयुक्त स्थान, खोलानाला तथा तटीय क्षेत्रमा नजान अनुरोध समेत गरेको छ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।