अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

दोलखा संवाददाता १२ चैत २०८१, मङ्गलवार

दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज-कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । 

ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । 

अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताउनुभयो । गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रूपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रा नियमित तथा व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताएका छन् । 

अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण संकटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । 

यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकोमा त्यसयता कोभिड-१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । 

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

बैतेश्वरमा समाधिस्थल तथा मृत्यु संस्कार सम्बन्धी विवाद समाधान गर्न कार्यदल गठन

नेकपा एसमा म एक्लै आएको छैन : वामदेव गौतम

शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने

आर्थिक अभावमा उपचार नपाएर मृत्यु

दोलखाको सानिमा हाइड्रो पहिरो अपडेट: गम्भीर घाइते नुवाकोटका सब-इन्जिनियर न्यौपानेको मृत्यु

दोलखामा हाईड्रोको बाटो सर्वे गर्न गएका नुवाकोटका सब-ईन्जिनियर पहिरोमा परि गम्भिर घाईते

काठमाडौं महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्ने

दोलखामा राहदानीको विवरण दर्ता बन्द

तामाकोशीमा बाढीको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

रसुवा बाढी अपडेटः सात जनाको शव भेटियो, १८ जना अझै बेपत्ता