विगु गाउँपालिकामा क्षयरोग विरुद्ध सघन अभियान, २९४ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

दोलखा । "विगु गाउँपालिकाको सान क्षयरोग मुक्त अभियान" भन्ने मुल नारासहित विगु गाउँपालिकाले क्षयरोग नियन्त्रणका लागि सघन स्वास्थ्य शिविर सुरु गरेको छ । पहिलो चरणको शिविर बुधबार बुलुङ स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।
शिविरमा २९४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् भने १४६ जनाको खकार परीक्षण गरिएको छ। परीक्षणको नतिजा तीन दिन भित्र सार्वजनिक गरिने जनाइएको छ।गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ सम्ममा पुरै पालिकालाई क्षयरोग मुक्त बनाउने लक्ष्य राखेको छ। यसका लागि सबै वडामा यस्ता शिविरहरू सञ्चालन गरिने छन्। शिविरबाट क्षयरोगका बिरामी पहिचान गरी आवश्यक उपचार दिइने र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै स्थानीय स्तरमै चेतना फैलाउने योजना बनाएको छ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।