कालिञ्चोक माविमा ट्राफिक तथा लागु औषधबारे सचेतना कक्षा

दोलखा। सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यमिक विद्यालयमा ट्राफिक सचेतना तथा लागु औषधबारे सचेतना कक्षा सम्पन्न भएको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय को सयुक्त आयोजनामा कालिञ्चोक माविका विद्यार्थीहरूलाई उक्त सचेतना कक्षा सम्पन्न गरेको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि, त्यसका असर र रोकथामका बारे जानकारी गराएका थिए ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराएका थिए ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।